काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा.तोसिमा कार्कीले राजिनामा दिएकी छन् ।
उनले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपश्चात उक्त पदबाट राजिनामा दिएकी हुन् ।डा.कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको जनाएको छ ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी छन् । काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।
FACEBOOK COMMENTS