कैलाली । टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
टीकापुर नगरपालिकाले मंसिर १९ गते वडा नम्बर ४ मोरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यसवेला नरेन्द्र बोहरा र पदम कठायतको संरचना हटाइएको थियो ।
उनीहरूले निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै तालाबन्दी गरेको जनाएका छन् । ‘मेरो नाममा रहेको जग्गामा नगरपालिकाले डोजर लगाएको हो । लालपुर्जा भएको संरचनामा पनि नगरपालिकाले डोजर लगाएपछि तालाबन्दी गरिएको हो’, नरेन्द्र बोहराले भने ।
FACEBOOK COMMENTS