काठमाडौँ । राजनीतिशास्त्रका अध्येता विश्वासदीप तिगेलाले विश्व र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्कसहित तुलनात्मक जानकारी दिएका छन् ।
मुन्धुम एकेडेमी काठमाडौँद्वारा मंगलबार आयोजित अन्तक्र्रियामा उनले विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक निर्वाचन प्रणालीका कसीमा नेपालको मिश्रित निर्वाचन प्रणालीले केके सुधार गर्न आवश्यक छ भन्ने विषयमा पनि तथ्यगत कारण र आधार प्रस्तुत गरे । आफूले नेपालको मिश्रित निर्वाचन प्रणाली विकसित देशका भन्दा उत्तम पाएको जिकिर गर्दै तिगेलाले समानुपातिक नाम सूची खुला गर्न सकेमा विकृति नदेखिने बताए।
क्यान्टबरी युनिभर्सिटी बेलायतबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्नुभएका तिगेला हाल राजनीतिशास्त्रमा चीनको सुरक्षा नीति विषयमा विद्यावारिधि गर्दै हुन। धनकुटावासी लेखकका काव्य, निबन्ध, नियात्रा, अनुसन्धानमूलक कृतिलगायत ‘ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका’ नामक पुस्तक प्रकाशनमा आइसकेको छ । कार्यक्रममा एकेडेमीका संयोजक डिबी आङ्बुङलगायत राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिकर्मीको सहभागिता थियो ।
FACEBOOK COMMENTS