काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा सामान्य अंकले सुधार भएको छ । १.५४ अंकले बढेको बजार २०९६.०८ बिन्दुमा रोकिएको हो । आज ०.०७ प्रतिशतले बजार बढेको हो । २५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।
आइतबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसूचकको मूल्य भने घटेको छ । त्यसबाहेकका उपसूचकको मूल्य भने बढेको छ । आइतबार आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भयो । यसको मूल्य १० प्रतिशत बढेर २१२१.७० रुपैयाँ पुगेको छ । पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी फण्डसहितको मूल्य धेरैले बढेको छ । इस्टर्न हाइड्रो, प्रभु बैंक डिभेन्चर, प्राइम लाइफ इन्स्योरेन्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
FACEBOOK COMMENTS