काठमाण्डौं– बिमस्टेक शिखर सम्मेलनको तयारीका लागि सदस्य राष्ट्रको सचिवस्तरीय बैठक बसिरहेको छ।
आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना गर्न लागिएको शिखर सम्मेलनको तयारीका लागि शनिबार राजधानीको होटल हायतमा सदस्य राष्ट्रका परराष्ट्र सचिवहरू सम्मलित तयारी बैठक बसेको हो।
यो बैठकले बिमस्टेक शिखर बैठक हुने स्थान, समय परराष्टमन्त्रीस्तरीय बैठकका लागि एजेण्डा, मुल बैठकको एजेण्डाको प्रारम्भिक खाका, बैठकमा सहभागी हुने सदस्य राष्ट्रका प्रमुखहरूलाई दिइने रिट्रिडको स्थान लगायत अन्य व्यवस्थापकीय निर्णय गर्नेछ।
सदस्य राष्ट्रका हैसियतले नेपालले बिमस्टेक शिखर सम्मेलन आयोजना गरेको हो।
६ मुलुकका राष्ट्र वा सरकार प्रमुख, परराष्ट्रमन्त्री र सचिव प्रतिनिधिका रूपमा बैठकमा सहभागी हुन नेपाल आउनेछन्।
FACEBOOK COMMENTS