काठमाडौं । सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको छ ।
मिटरब्याजपीडितको माग सम्बोधन गर्ने गरी उक्त कानूनमा दण्ड/सजायको व्यवस्था गर्ने बताइएको छ ।
‘अहिले मिटरव्याजको समस्या एकदमै देखियो । पीडितहरु काठमाडौं नै आएर आन्दालन गरिरहेका छन्,’ एक मन्त्रीले भने ‘यसको समस्या जताततै देखिएपछि यसलाई अपराध घोषणा गर्ने र त्यसलाई अपराध संहितामा राख्ने प्रक्रिया अघि ‘बढाउने निर्णय भएको छ ।’
कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।
गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ ।
उनीहरुले काठमाडौं आएर माइतीघरमा प्रदर्शन थालेको दुई दिनपछि सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS