काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल एसबीआई बैंकको खुद नाफा ३८.७१ प्रतिशत बढेको छ।
साउनदेखि चैतसम्म एसबीआईले १ अर्ब ८० करोड ३२ लाख ८५ हजार रुपैयाँ खुदनाफा गरेको छ।
अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ३० करोड २२ हजार रुपैयाँ खुद नाफा गरेको थियो।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो।
बैंकको वितरणयोग्य नाफा १ अर्ब १६ करोड रुपैयाँ छ।
यस्तै बैंकको खुदब्याज आम्दानी ४४.७७ प्रतिशत बढेर ४ अर्ब १३ करोड २१ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन नाफा ३८.४५ प्रतिशत बढेर २ अर्ब ५५ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको प्रतिसेयर आम्दानी ६.६३ बढेर २३.७६ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४७ पैसा पुगेको छ।
समीक्षा अवधिमा बैंकको आधारदर ११ र निष्क्रिय कर्जा ०.९७ प्रतिशत रहेको बैंकले जनाएको छ। बैंकको सञ्चित कोषको आकार ६ अर्ब ७८ करोड छ।
FACEBOOK COMMENTS