काठमाडौं । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ ।
उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज उक्त जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उनको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ ।
राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।
FACEBOOK COMMENTS