काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४० हजार ६९ मत पाएका छन् ।
निर्वाचन आयोगका अनुसार ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ४५८ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् । चितवन २ मा अहिले मतगणना जारी छ ।
FACEBOOK COMMENTS