काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाको नयाँ भवन उद्घाटन भएको एक वर्षभन्दा बढी भइसकेको छ ।
विसं २०७८ चैत १४ गते तत्कालीन नगरप्रमुख हरि सिँ साउँदले निर्माण सम्पन्न भएको र ‘फिनिसिङ’को काम बाँकी रहेको भन्दै भवनको उद्घाटन गरेका थिए । तर उक्त भवन उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि नगरपालिकाको कामकारबाही भने भाडाँकै घरबाट सञ्चालनमा रहेको छ । एसियाली विकास बैंक ९एडिवी० को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत भवनको निर्माण गर्न एम(एस शर्मा एन्ड कम्पनीसँग रुपैयाँ १० करोड ५५ लाख ५६ हजार आठ सय १५ मा २०७६ साल मङ्सिर २० गते ठेक्का सम्झौता गरिएको थियो ।
सम्झौताअनुसार २०७८ साल साउन २० गते भवन निर्माणको काम सक्नुपर्ने थियो । सम्झौता अवधिमा भवन निर्माणको काम नसकिँदा हाल पटक–पटक म्याद थप गरिँदै काम हुँदै आएको छ । भवनको फिनिसिङको काम नसकिँदा एडिबीले नगरपालिकालाई भवन हस्तान्तरण पनि गर्न सकेको छैन ।
गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले आफूहरुले भवनको काम छिटो सक्न पटक–पटक आग्रह गरे पनि सुनुवाइ हुन नसकेको बताए । उनले भवन आफूहरुको भए पनि निर्माण र कार्यान्वयन गर्ने कार्यालय छुट्टै भएकाले आफूहरुले केही गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । “यो काम गर्ने निर्माण कम्पनी र त्यो काम हेर्ने कार्यालयको कमजोरी हो । हामीले केही गर्न सक्ने अवस्था छैन”, उनले भन्नुभयो । यता क्षेत्रीय सहरी विकास आयोजना धनगढीका इन्जिनियर सञ्जीव शाहले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
उनले केही कामका लागि निर्माण कम्पनीबाट गरिएको भेरियसन अर्डर ९भिओ० स्वीकृत नहुँदा समय लागेको र अब अर्डर स्वीकृत भइसकेकाले केही समय भित्रै सम्पूर्ण काम सम्पन्न हुने बताए । हाल भवनमा आवश्यक पर्ने फर्निचर निर्माणको काम जारी रहेको छ । भवन निर्माणमा ढिलाइ हुँदा हाल नगरपालिकाले दुईवटा भवन भाँडामा लिएर काम सञ्चालन गर्दै आएको छ । जसको मासिक एक लाख ४१ हजार चार सय रुपैयाँ भाडा नगरपालिकाले तिर्ने गरेको छ ।
FACEBOOK COMMENTS