काठमाडौँ। घोराही सिमेन्ट कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डबाट वैशाख पहिलो साता कम्पनीले आईपीओ जारी गर्न स्वीकृति पाएको हो।
कम्पनीले ३ अर्ब ४४ करोड रुपैयाँको ७९ लाख ४३ हजार सेयर जारी गर्नेछ।
कम्पनीले सर्वसाधारणको लागि प्रतिकित्ता ४३५ रुपैयाँ र आयोजना क्षेत्रका बासिन्दाको लागि ४०० रुपैयाँका दरले आईपीओ निष्काशन तथा बिक्री गर्नेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन्।
FACEBOOK COMMENTS