काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओको बाँडफाँट आज हुँदैछ । आज बिहान साढे ९ बजे बाँडफाँट हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।
माई खोलाको आईपीओमा मागभन्दा ११.६६ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । जसले गर्दा आईपीओको बाँडफाँट गोलाप्रथाबाट हुनेछ ।
१३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २६ हजार ९४१ जनाले मात्रै सेयर हात पार्नेछन् । बाँकी १२ लाख ४ हजार २९७ जनाको हात खाली हुनेछ ।
कम्पनीले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो । १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको थियो ।
FACEBOOK COMMENTS