काठमाडौा– अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले आज (आइतबार) देखि एकीकृत कारोबार सुरु गरेका छन् ।
दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्।
अजोड र युनाइेटडबीच गत २७ पुसमा मर्जर सहमति भएको थियो भने गत १६ चैतमा मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको थियो।
नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृत प्रदान गरिससेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि अन्तिम स्वीकृति प्रदान गरिसेको छ ।
युनाइटेड र अजोड एक आपसमा गाभिएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ । हाल युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS