काठमाडौं । भ्रमणमा रहेका अर्थमन्त्री डा। प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा जारी जी–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।
उक्त वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका विविध विषयमा कुराकानी भएको मन्त्री महतले जानकारी दिए।
यस वार्तामा आपसी हितका विविधि विषयका साथै एकअर्काको चासो र सरोकारहरूप्रति दुवै देश संवेदनशील रहेको बारेमा पनि उनीरूबीच छलफल भएको थियो ।
वार्ताका क्रममा मन्त्री डा। महतले चीनले नेपालको विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।
मन्त्री महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरू सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास पनि व्यक्त गरे । उनीले सुरुङमार्गका प्रसंगमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने आशा पनि व्यक्त गरे।
FACEBOOK COMMENTS