काठमाडौं । पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीहरूले जोड दिएका छन् । यसका लागि उद्योग क्षेत्रमा हरित बृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने धारणा उनीहरूको छ ।
वातावरणका इस्यूहरूमा नेपालले गरेको विश्वव्यापी प्रतिबद्धताहरू पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित बृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने आज धनगढीमा आयोजित एक कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्कील याजवेल याज सेफ्टी एण्ड हेल्थ परियोजना संचालन गरीरहेको छ ।
सोही परियोजना अन्तरगत आयोजना गरिएको कार्यस्थलमा आधारित सीप विकास तथा ग्रीन इकोनोमी विषयक कार्यक्रमका सहभागीहरुको हरित बृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुुग्ने कुरा सबैलाई बुुझाउनुु पर्ने सुुझाव थियो । हरित वृद्धिका अभ्यासहरू अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरहरू समेत सृजना हुने धारणा सहभागी विज्ञहरू राखे ।
कार्यक्रम महासंघको सुदूर पश्चिम प्रदेश च्याप्टरको सहकार्यमा आयोजना गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुुझाव उनींहरूको थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष एवं वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले महासंघले निजी क्षेत्रलाई वातावरण परिवर्तनका मुद्दामा सचेत गराउंदै दीगो आर्थिक विकासमा काम गर्न सहयोग पुरयाउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको बताए ।
उपाध्यक्ष ढकालले पछिल्लो पटक नेपालले अन्तराष्ट्रिय मंचमा जलवायु परिवर्तनका इस्यूमा गरेका प्रतिवद्धताहरुलाई समेत पुरा गर्ने अभिप्रायले महासघले आइएलओको सहयोगमा ग्रीन इकोनोमिको विषयलाई अगाडि बढाएको स्पष्ट पारे ।
उपाध्यक्ष ढकालले महासंघले तालीमका लागि तालीम भन्दा पनि उद्योगहरुको मागका आधारमा कार्यस्थलमा आधारित तालीमलाई पनि मुख्य प्राथमिकता दिएको बताए ।
आउंदा दिनमा कार्यस्थलमा आधारित तालीमलाई थप प्रभावकारी वनाउन यस सम्बन्धी निर्देशिका बनाइएको स्पष्ट पार्नुुभयो । यसले महासंघको सिंगो इको सिष्टम नै लाभान्वित हुने विश्वास उहाले व्यक्त गरे ।
महासंघको प्रदेश च्याप्टरका अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालीम र दीगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीहरु बीच वुुझन सहयोग पुुगेको बताए ।
महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालीम निर्देशिका र वातावरण विज्ञ तथा परामर्शदाता डा. विजय थापाले ग्रीन इकोनोमिका पछिल्ला अभ्यास र नेपालले अवलम्वन गर्नुपर्ने उपायहरुका वारेमा आफनो प्रस्तुती दिए ।
परियोजना अन्तरगत सदस्य वस्तुुगत संघका लागि कार्यसंचालन विधि कार्यस्थलमा आधारित सिप विकास निर्देशिका र ग्रीन इकोनोमी एवं न्यायोचित परिवर्तन, नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गरिने कार्यक्रम छन् ।
FACEBOOK COMMENTS