काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मुल्य बढेको छ ।
हिजो (मंगलबार) प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधवार) तोलामा १६ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो ।
त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार २८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३ रुपैयाँ तोकेको छ।
FACEBOOK COMMENTS