काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई तलब भत्ता बापत २ करोड ५ लाख ८२ हजार १२६ रुपैयाँ दिएको छ ।
राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० मा उक्त रकम तलब भत्ता बापत दिएको हो । सञ्चालक समितिलाई तलब बापत ४५ लाख ५२ हजार ८ सय रुपैयाँ, बैठक भत्ता बापत २३ लाख ५८ हजार रुपैयाँ, बैठक भत्ता र अन्य खर्च बापत १ करोड ३६ लाख ७१ हजार ३२६ रुपैयाँ दिएको छ ।
राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई ६० लाख ९१ हजार ३३५ रुपैयाँ तथा तलब भत्ता बापत भुक्तानी गरेको छ । सञ्चालक समितिको बैठक भत्ता बापत ४ लाख १४ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै डेपुटी गभर्नर डा निलम ढुंगाना (तिम्सिना)लाई राष्ट्र बैंकले ५७ लाख २ हजार ३६१ रुपैयाँ भुक्तानी गरेको छ । तलब बापत उनलाई राष्ट्र बैंकले १४ लाख ६० हजार ४ सय, बैठक भत्ता बापत ३ लाख ४२ हजार र अन्य सेवा सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै केन्द्रीय बैंकले डेपुटी गभर्नर बमबहादुर मिश्रलाई ५३ लाख २२९ रुपैयाँ भुक्तानी गरेको छ । मिश्रलाई तलब वापत १४ लाख ६० हजार ४ सय, बैठक भत्ता बापत ३ लाख ७८ हजार रुपैयाँ र अन्य सेवा सुविधा वापत ३४ लाख ६१ हजार ८२९ रुपैयाँ भुक्तानी गरेको छ ।
गत आवमा केन्द्रीय बैंकले राष्ट्र बैंकका सञ्चालक समेत रहेका अर्थसचिव कृष्णहरी पुस्करलाई बैठक भत्ता भत्ता बापत १ लाख ४४ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत १ लाख ११ हजार २२१ रुपैयाँ भुक्तानी गरेको छ ।
राष्ट्र बैंकले मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक अर्जुन प्रसाद पोखरेललाई बैठक भत्ता बापत ९९ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत २९ हजार १८६ रुपैयाँ भुक्तानी गरेको छ भने तोयम रायालाई बैठक भत्ता भत्ता बापत ९९ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत ७० हजार ९९२ रुपैयाँ तथा मधुकुमार मरासिनीलाई बैठक भत्ता बापत १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै सञ्चालक चिन्तामणी शिवाकोटीलाई बोर्ड बैठक बापत भत्ता ४ लाख ५ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत ११ लाख ५९ हजार ३८२ रुपैयाँ, डा। शंकर प्रसाद आचार्यलाई बैठक भत्ता बापत ३ लाख ६० हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत ६ लाख ४८ हजार ४०८ रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै डा रविन्द्र प्रसाद पाण्डेलाई बैठक भत्ता बापत ९९ हजार रुपैयाँ र अन्य सेवा सुविधा बापत २ लाख ४५ हजार १२ रुपैयाँ भुक्तानी गरेको छ ।
FACEBOOK COMMENTS