काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आगामी साधारणसभा बोलाएको कम्पनीले सोमबार बुक क्लोज गर्दैछन् । सोमबार बुक क्लोज गर्ने भएपछि कम्पनीको बोलाएको साधारणसभामा भाग लिन र लाभांश पाउन आजसम्म सेयरधनी हुनुपर्छ ।
एनआइसी एसिया लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस ६ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
नेपाल हाइड्रो डेभलपर्सले गत आवको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लभांशसहित ७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लाभांश पारित गर्न पुस १२ गते सभा बोलाएको छ ।
FACEBOOK COMMENTS