काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाह्र सत्ताईसका कुरा नगर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् ।
पूर्वमाओवादी नेता समेत रहेका डा. भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले बाह्र सत्ताईसका कुरा गरेर समय खेर पालिरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।
‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नो अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सृजना गर्न लागी परोस् । नत्र समयले कसैलाई पर्खने छैन,’ आज सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै भट्टराईले भनेका छन् ।
यस्तै, उनले रोजगारीको खोजीमा नेपाली युवाहरू रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रूस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो !’
रोजगारीको खोजीमा हाम्रा युवाहरू रूस-यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौंको संख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठूलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो !
सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नु अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक-सूत्रीय… pic.twitter.com/vThIwDzPzr
— Baburam Bhattarai (@brb1954) January 20, 2024
FACEBOOK COMMENTS