काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४६ अंकले घटेको छ । यो सँगै परिसूचक २ हजार ६२ दशमलव ०३ विन्दुमा पुगेको छ ।
आज ३ सय ५ कम्पनीको ११ करोड ४० लाख ७ हजार २ सय ६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ६९ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ९९ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९९ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS