काठमाडौं । बुक बिल्डिङ विधिमार्फत साधारण सेयर आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ ।
कम्पनीले फागुन १३ देखि १६ गते सेयर निष्कासन गरेको थियो ।
कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज सेयरको प्रि अलोटमेन्ट गरेको छ ।
आईपीओमा १० लाख १२ हजार ३८४ जना आवेदकले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् ।
आईपीओमा माग भन्दा करिब साढे १९ गुणा बढी आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथा विधि मार्फत सेयर बाँडफाँट हुनेछ
।
कम्पनीले सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गरेको थियो ।
आईपीओमा आवेदन दिने मध्ये ५५ हजार ५२१ जनाले आवेदकले ५० कित्ता सेयर पाउने छन् । बाँकीको भने हात खाली हुने भएको छ ।
FACEBOOK COMMENTS