काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।
सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्ने छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सभामा पेश गर्नेछ ।
सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS