काठमाडौं । मंगलबार उच्च अंकले घटेको नेप्से परिसुचक बुधबार झिनो अंकले बढेको छ । आज नेप्से सूचक ०.१५१ अङ्कले बढेर १९६९.१७ बिन्दुमा रोकिएको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २०.६० अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अङ्कले बढेको छ ।
यस दिन ३१३ कम्पनीको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर ३६ हजार ४८३ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९८८ रुपैयाँ ५० पैसा बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार १५ दशमलव ४१ अङ्कले घटेर नेप्से परिसूचक १९६९.०२ विन्दुमा रोकिएको थियो भने ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर ३८ हजार ५५२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँ १९ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
FACEBOOK COMMENTS