काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरूले चितवनको भरतपुरमा अवस्थित पुष्पाञ्जली हस्पिटल प्रालिमा विशेष छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउन समृद्धि फाइनान्सले हिजो बिहीबार सो हस्पिटलसँग सम्झौता गरेको छ । सो समझदारी पत्रमा फाइनान्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत गोर्कण प्रसाद दुवाडी र पुष्पाञ्जली हस्पिटल प्रालिका प्रबन्ध निर्देशक सुजन राज अधिकारीले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार समृद्धि फाइनान्सका सम्पूर्ण शेयर सदस्य, कर्मचारी तथा खातावालाहरुले उक्त छुट सुविधा पाउने छन् । फाइनान्स कम्पनी र अस्पतालबीच भएको सम्झौता अनुसार यही जेठ ११ गतेदेखि आगामी असार १० गतेसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्यूआर प्रयोग गरी पुष्पाञ्जली हस्पिटलमा स्वास्थ्य उपचार सेवाको उपभोग गर्ने ग्राहकले सो सुविधा उपभोग गर्न पाउने छन् ।
उनीहरूले नियमित ओपीडी सेवामा २०%, हस्पिटलको आन्तरिक सेवाहरु (जनरल बेड, आईसीयू चार्ज, भिडिओ एक्स–रे तथा एक्स–रे, इको, ल्याब, सीटी स्क्यान र एमआरआईलगायत) मा २०% औषधिमा ३% देखि ५% र साना तथा ठूला सल्याक्रिया शुल्कमा २०% छुट प्राप्त गर्ने छन् ।
यो सुविधाबाट फाइनान्सका सम्पूर्ण शेयरसदस्य, कर्मचारी तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।
