काठमाडौं,चैत २०- कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबै भन्दा बढी नागरिकले ज्यान गुमाएका देश हुन् इटाली र स्पेन ।
स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ९ सय २३ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टा भित्र मृत्यु भएको यो सबैभन्दा धेरै हो । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३८७ पुगेको छ । ८ हजार १९५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या स्पेनमा एक लाख ४ हजार ११८ पुगेको छ ।
इटलीपछि सबैभन्दा धेरै मृत्यु स्पेनमा भएको छ । इटालीमा पनि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या ७ सय २७ रहेको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको कुल संख्या १३ हजार १ सय ५५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ८२नयाँ संक्रमितका छन् । थपिएका छन् । हालसम्म इटालीमा संक्रमितको संख्या एक लाख १० हजार ५७४ पुगेको छ ।
त्यसै गरी यो महामारीले अमेरिकामा पनि भयावह स्थिती सृजना गर्ने देखिएको छ । इटाली र स्पेनमा भन्दा अमेरिकामा दोब्बर संख्यामा संक्रमित रहेका छन् । अमेरिकामा हालसम्म दुई लाख १४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच हजार ९९ पुगेको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा अहिले सम्मकै धेरै एक हजार ४७ जनाको मृत्यु भएको छ । अमेरिकामा हिजो मात्र २६ हजार ४३६ मा नयाँ संक्रमणपुष्टि भएको छ । अब यहाँ कुल संक्रमितको संख्या दुई लाख १४ हजार ९ सय ६६ रहेको छ । यति धेरै मानिस संक्रमित भएको अमेरिका एक मात्र देश हो ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण ४७ हजार १ सय ८९ जनाले ज्यान गुमाएका छन् । यस्तै अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९ लाख ३५ हजार १ सय १४ रहेको छ । हालसम्म एक लाख ९३ हजार ९ सय ८९ जना निको भएर घर फर्किएका छन् ।
FACEBOOK COMMENTS