काठमाडौं । सिमलतालको पहिरोमा भएको बस दुर्घटनामा परेका थप एक जनाको शवको सनाखत भएको छ ।
सनाखत गरिएको शव चितवनको माडी नगरपालिका-१ का विकास परियारको भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एन्जल्स बस चढेका विकासको शव पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-७, नारायणी नदी किनारमा शनिबार दिउँसो फेला परेको थियो ।
मृतकका दाइ विजय परियारले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
FACEBOOK COMMENTS