काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत् कम्पनीका प्रवर्द्धक र संस्थापकहरूले शेयर बेचेकोबारे अनावश्यक भ्रम फैलाइएको बताएको छ ।
आज बिहीबार विज्ञप्ति जारी गर्दै इप्पानले नेपाल धितोपत्र बोर्डसँग भएको सम्झौताअनुरुप नै शेयर बिक्री भएको दाबी गर्दै बोर्डसँग २०८० भदौ २४ गते बृहत् सहमतिको प्रतिलिपि समेत सार्वजनिक गरेको छ ।
‘विगत केही दिनदेखि जलविद्युत् आयोजनाका संस्थापक तथा सञ्चालकहरुले धारण गरेको प्रवर्द्धक/संस्थापक शेयर लकइन बेचबिखनसँग नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालद्वारा गठित अध्ययन समिति र सो समितिले दिएको प्रतिवेदन तथा केही धितोपत्र बोर्डका कर्मचारीको समेत हवला दिँदै विभिन्न किसिमका भ्रम फैलाउने गरी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
नेपालको ऊर्जा विकासमा आक्रमक ढंगले अघि बढिरहेको निजी क्षेत्रविरुद्ध सञ्चारमाध्यममा तथ्यहीन र भ्रमपूर्ण समाचार प्रकाशित हुनु दुःखद पक्ष भएको इप्पानको भनाइ छ ।
यो पनि पढ्नुहोस्-
मिति २०७९ चैत्र १९ गते बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव फणिन्द्र गौतमको संयोजकत्वमा गठित जलविद्युत् समूहमा सूचीकृत संगठित संस्थाहरुको शेयर संरचनाको अवस्था र सोको प्रभाव सम्बन्धमा अध्ययन गर्ने समितिको प्रतिवेदनका सम्बन्धमा मिति २०८० भदौ २४ गते धितोपत्र बोर्डको कार्यालयमा बोर्डका तत्कालीन अध्यक्ष तथा पदाधिकारीहरुसँग बृहत् छलफल गरी भएको निर्णयले कोही पनि प्रवर्द्धक र संस्थापकलाई शेयर बिक्रीबाट वञ्चित नगरिएको पनि इप्पानले स्पष्ट गरेको छ ।
साथै इप्पानले विगतमा बोर्ड आफैंले गरेका निणर्यहरु लुकाएर सिंगो जलविद्युत् क्षेत्रका उद्यमीहरुलाई नै बदनाम गराउने उद्देश्यले भए गरेका कार्यहरुप्रति सरकारलाई पुनः सजग गराउँदै रोकिएका धितोपत्र निष्काशनका कार्यहरु तुरुन्त सुरू गर्न/गराउन पनि जोडदार माग गरेको छ ।
यस्तो छ इप्पानको प्रेस विज्ञप्ति–
जलविद्युत शेयरका सम्बन्धमा इप्पानको प्रेस विज्ञप्ति 4 17
यस्ता थिए ती निर्णयहरू–
Ippan And Sebon Agriment
FACEBOOK COMMENTS