मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ ।
प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरात विद्यार्थीहरू सुतिरहेको एक शयनगृहमा आगो लागेको हो ।
‘घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्याइएको छ,’ राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले भने ।
प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन । उनका अनुसार घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् ।
धेरै जना घाइते भएको र तीमध्ये १६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ ।
घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला पर्ने सम्भावना छ,’ उनले भने ।
आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान सुरू गरिएको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS