काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका तीन जनालाई असोज १८ गते व्यावसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तवार्ताका लागि बोलाएको छ ।
सेबोनको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले सूचना जारी गर्दै तीन जनालाई असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा बोलाएको छ ।
जसमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी रहेका छन् ।
बोर्ड अध्यक्ष नियुक्त गर्न छनोट समितिले ५ जनाको नाम तयार पारेको थियो । सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डका अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठले अन्तवार्ता दिइसकेका छन् । बाँकी तीन जना भने भागेका थिए ।
FACEBOOK COMMENTS