काठमाडौं, बैशाख २०- भारतमा कोरोना संक्रमणका कारण हालसम्म १ हजार २ सय २२ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा शुक्रबार एकै दिन ६८ जनाको मृत्यु भएको छ भने २३ सय ९४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।
योसँगै भारतमा कोरोना संक्रमित ३७ हजार २ सय पुगेको छ ।
शुक्रवार महाराष्ट्रमा कोभिड १९ का १ हजार ३ जना नयाँ संक्रमित फेला परेका हुन्। महाराष्ट्रको मुम्बईमा मात्र ७ सय ४१ नयाँ केस थपिएका छन् ।त्यसै गरी तामिल नाडूमा २ सय ३ जना संक्रमित फेला परे भने गुजरातमा ३ सय २६ र दिल्लीमा २ सय २३ जना भेटिका छन् ।
भारतमा अहिलेसम्म उपचार पश्चात ९ हजार ७ सय ९ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्।
भारत सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन दुईहप्ता बढाएको छ । वैशाख २१ गते अर्थात मे ३ तारिखसम्म गरेको लकडाउन बढाएर मे १७ सम्मको लागि पुर्याएको हो ।
FACEBOOK COMMENTS