काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ श्रवण कुमार रावलको निधन भएको छ।
आज बिहान भक्तपुरको नागरिक अस्पतालमा निधन भएको हो । बुधबार राति मुटुमा एक्कासी समस्या देखिएपछि उपचारका लागि उनलाई नागरिक अस्पताल लगिएको थियो । उपचारका क्रममा आज बिहान निधन भएको हो ।
रावलको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । रावलले निर्जीवन बीमा क्षेत्रमा दुई दशकभन्दाको अनुभव संगालेका थिए ।
FACEBOOK COMMENTS