काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ ।
कात्तिक ८ गते बसेको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत आवको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगदसहित ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS