काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडाैंको डिल्लीबजारस्थित सिद्धि पोलिप्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
मंसिर १२ गते भएको सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोलिप्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोलिप्याथ ल्याबका तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए ।
सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
FACEBOOK COMMENTS