काठमाडौं । नेपालका ६ प्रमुख कम्पनीहरूले आगामी दिनमा एफपीओ (फ्रेश पब्लिक अफर) निष्कासन गर्ने घोषणा गरेका छन्।
यस अनुसार, सर्वसाधारणलाई शेयर आवेदन दिने अवसर प्राप्त हुनेछ। बैंक र वित्तीय संस्थाहरूले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था अनुसार यी कम्पनीहरूले एफपीओ ल्याउन लागेको हो।
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासन गर्न स्वीकृति पाइसकेका छन् भने बुटवल पावर कम्पनी, नेसनल लघुवित्त, विजय लघुवित्त, र किसान लघुवित्तले यसका लागि अनुमति मागेका छन्।
कम्पनीको विवरण र एफपीओ कित्ता
१. किसान लघुवित्त
किसान लघुवित्तले १०० रूपैयाँका दरमा ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको १६ लाख ६६ हजार ९६५ कित्ता एफपीओ बिक्री गर्न अनुमति मागेको छ।
२. विजय लघुवित्त
विजय लघुवित्तले १०० रूपैयाँका दरमा ४ करोड ६६ लाख ८१ हजार ७०० रूपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गर्न अनुमति मागेको हो।
३. स्वरोजगार लघुवित्त
स्वरोजगार लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ। यस संस्थाले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्ने जनाएको छ।
४. नेसनल लघुवित्त
नेसनल लघुवित्तले १०० रूपैयाँका दरमा ६ करोड ६९ लाख ९० हजार २७ रूपैयाँ बराबरको ६ लाख ६९ हजार ९०० कित्ता एफपीओ बिक्री गर्न अनुमति मागेको हो।
५. विन नेपाल लघुवित्त
विन नेपाल लघुवित्तले १०० रूपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रूपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। यस संस्थाले एफपिओ निष्कासन गर्ने मिति भने अझै तय गरेको छैन।
६. बुटवल पावर कम्पनी
बुटवल पावर कम्पनीले २०६.२९ रूपैयाँका दरमा १ करोड कित्ता एफपीओ बिक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। यसअनुसार, कम्पनीले २ अर्ब ६३ करोड रूपैयाँ बराबरको एफपीओ जारी गर्नेछ।
एफपीओ निष्कासन प्रक्रिया शुरू भएपछि, सर्वसाधारणलाई पनि सेयर आवेदन गर्ने अवसर प्राप्त हुनेछ। कम्पनीहरूले यो प्रक्रिया मार्फत पूँजी जुटाउने छन् भने, लगानीकर्ताहरूका लागि पनि नया लगानीको मौका हुनेछ।
FACEBOOK COMMENTS