काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँको आकर्षक नाफा कमाएको छ।
प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार विद्युत बिक्री, ब्याज र अन्य स्रोतबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले खरिद, प्रशासनिक र आयोजनाहरूमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको छ।
खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ । चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड घाटा बेहोरेको प्राधिकरणले त्यसयता निरन्तर नाफाको यात्रा तय गरेको छ। गत वर्ष १४ अर्ब ४६ करोड नाफा कमाएको प्राधिकरणले यो वर्ष पनि आफ्नो बलियो प्रदर्शनलाई कायम राखेको छ। यो नाफाबाट विद्युत उत्पादन, प्रसारण, वितरण र विद्युतीकरणका पूर्वाधारमा लगानी विस्तार भइरहेको छ।
गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्व ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्व ४९ करोड रुपैयाँ खर्च भएको छ ।
FACEBOOK COMMENTS