काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ ।
आज नेप्से ० दशमलव ३३ अंकले घटेर २६०० दशमलव २० विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ५ अर्ब ९४ करोड २८ लाख ५२ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज मोदी इनर्जीको सेयर मुल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने तेर्हथुम पावरको शेयर ९ दशमलव ७७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९ दशमलव ५१ प्रतिशतले घटेको छ हिमालयन पावरको शेयर मुल्य ९ दशमलव ०२ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ५३ करोड ९४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS