काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पाैडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
गभर्नरकाे पदबहालपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार उनले आफ्नाे साथै पत्नी प्रतिभा शर्माको नाममा रहेको सम्पत्तिको विवरणसमेत सार्वजनिक गरेका हुन् ।
गभर्नर पौडेलका अनुसार ललितपुर महानगरपालिका–४, भैसेपाटीमा उनकी पत्नीको नाममा ५ आना २ दाम क्षेत्रफलको जग्गामा बनेको २७९५ वर्गफिटको घर १ करोड ५५ लाख रुपैयाँमा खरिद गरिएको छ। त्यसैगरी, नवलपरासीको गैंडाकोटमा पनि उनकी पत्नीकै नाममा रहेको अर्को घरजग्गाको मूल्य ६० लाख रुपैयाँ उल्लेख गरिएको छ ।
सम्पत्ति विवरणमा पौडेलले करिब ४५ तोला सुनका गहना र करिब १५ लाख रुपैयाँ बराबरका हिराका गहनाहरू रहेको उल्लेख गरेका छन्। साथै, उनी र उनकी पत्नीको नाममा विभिन्न बैंक खातामा जम्मा २० लाख ६८ हजार रुपैयाँको बचत रहेको विवरणमा उल्लेख छ ।
गभर्नर पौडेलका बैंक खाता सानिमा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा छन् भने उनकी पत्नीका खाता सानिमा र प्रभु बैंकमा छन् ।
त्यस्तै, गभर्नरको डलर खातामा ६६ अमेरिकी डलर र पत्नीको खातामा ४,४४६ अमेरिकी डलर रहेको जनाइएको छ ।
उनकी पत्नीको नाममा २०७७ साल भदौमा ४४ लाख रुपैयाँमा खरीद गरिएको सुजुकीको कार रहेको पनि उनले जानकारी दिएका छन् ।
गभर्नर पौडेलले शेयर बजारमा समेत ठुलो लगानी गरेका छन्। सम्पत्ति विवरणअनुसार उनले करिब १४ करोड रुपैयाँ बराबरको शेयर खरिद गरेका छन्।
उक्त लगानी सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर, इड्रोपावर ग्लोबेको, संयुक्त उर्जा हाइड्रोपावर र चितवन इनर्जी लिमिटेडजस्ता कम्पनीहरूको शेयरमा गरिएको छ।
FACEBOOK COMMENTS