काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमै घोषणा गरेर नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकी छन् ।
पछिल्लो समय राजनीतिमा फर्कन अनौपचारिक रूपमा सक्रियता बढाएकी उनले आज शनिबार एक औपचारिक कार्यक्रममार्फत नै राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् ।
मदन जयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको बताइन् ।
उनले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा छैन ।’
हेर्नुहोस् सम्बोधनको पूर्णपाठ–
FACEBOOK COMMENTS