काठमाडौं । मञ्जुश्री फाइनान्सले लिमिटेडले आफ्ना विभिन्न शाखाहरूमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू सम्पन्न गरेको छ ।
फाइनान्सले बुटवल शाखामार्फत सुरू गरेको कार्यक्रममार्फत वीरगञ्ज, पोखरा, मुर्गिया, इटहरी, धरान हुँदै शिक्षा, स्वास्थ तथा बालगृह लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका सङ्घ–संस्थालाई सहयोग गरेको छ ।
संस्थाको पोखरा शाखाले अमोर बालगृहलाई एक लाख रुपैयाँ बराबरको दैनिक आवश्यकताका सामग्रीहरू उपलब्ध गराई सहयोग गरेको छ ।
मुर्गिया शाखाले भने सैनामैना नगरपालिकाको मुर्गियास्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरूलाई आवश्यक पुस्तक वितरण गरेको छ ।
धरान शाखाले पनि धरानमा अवस्थित पञ्चकन्या माध्यमिक विद्यालय तथासावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामग्रीहरू वितरण गरेको छ ।
साथै, फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता सङ्घद्वारा बुटवल–७, दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
आफ्ना विभिन्न शाखाहरूमार्फत मञ्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पूरै जोशका साथ पूरा गर्दै आएको छ भने आगामी दिनहरूमा पनि अझै समाजको उन्नतिका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ ।
मञ्जुश्रीले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी करिब १८.२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मञ्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।
एक लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदै आइरहेको मञ्जुश्री फाइनान्स देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा स्थापित छ ।
FACEBOOK COMMENTS