काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २५ वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
कम्पनीले १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा क्षेत्रमा सर्वाधिक बीमा शुल्क सङ्कलन गर्ने पहिलो बीमा कम्पनीको कीर्तिमान बनाएको हो ।
कम्पनीले यस ऐतिहासिक उपलब्धिमा योगदान पुर्याउने सबै पक्षलाई धन्यवाद व्यक्त गरेको छ ।
नेपाल लाइफले जीवन बीमा क्षेत्रको वृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । वर्तमान चुनौतीपूर्ण बजार परिस्थितिमा पनि बीमालेख बिक्री, सेवा प्रवाह, ग्राहक सन्तुष्टि र वित्तीय मजबुतीका आधारमा कम्पनी अग्रस्थानमा छ ।
FACEBOOK COMMENTS