काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् ।
उनि बुधबार केन्द्रिय कारागार सुन्धाराबाट अन्य कैदीबन्दी भागेपछि उनि पनि भागेका थिए । आज कारागार प्रशासनलाई रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कारागार फर्कन तयार रहेको बताएका हुन् ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा सुन्धारास्थित केन्द्रीय कारागारमा थिए । ३८ सय कैदीबन्दी रहेको यो कारागारबाट ३३ सय जति फरार भएका थिए । सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए ।
यसरी फरार भएका मध्ये केही कैदीबन्दी भने कारागार फर्किसकेका छन् । केही फर्कदै छने । भुटानी शरणार्थी काण्डमै कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू कारागार फर्कन तयार रहेको स्रोतले जनाएको छ ।
नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले मंगलबार राति १० बजेतिर आएर सुन्धारा तोडफोड समेत गरेको स्रोतले जनाएको छ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो । अनि कारागारमा नेपाली सेना पुगेको थियो । त्यतिन्जेलसम्म करिब ३३ सय कैदीबन्दी फरार भइसकेका थिए ।
FACEBOOK COMMENTS