काठमाडौँ । नेपाल र भियतनामबीचको खेल पहिलो हाफमा बराबरीमा सकिएको छ । एएफसी एशियन कप छनौट अन्तर्गतको जारी खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको हो ।
खेलको नवौ मिनेटमा भियतनामले टिएन लिन्हको गोलमा अग्रता लिएकोमा खेलको १७औं मिनेटमा नेपालका सनिस श्रेष्ठले गोल गर्दै खेल बराबरी गरेका थिए ।
खेलको पहिलो हाफको इन्जुरी समयमा नेपालका लाकेन लिम्बुले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भएको छ ।
FACEBOOK COMMENTS