काठमाडौं । बहुविवाह कसुरमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता पासाङ शेर्पा जेल चलान भएका छन् ।
मंगलबार साँझ पक्राउ परेका शेर्पा बुधबार जेल चलान भएका हुन् । प्रहरीका अनुसार, शेर्पालाई जिल्ला अदालत काठमाडौंको आदेशले डिल्लीबजार कारागार चलान गरिएको हो ।
काठमाडौं प्रहरीको टोलीले शेर्पालाई धुम्बाराहीबाट पक्राउ परेको थियो । बहुविवाहको आरोपमा काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।
FACEBOOK COMMENTS