काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेपाल पर्यटन बोर्डको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले विश्व परिवेश तीव्ररूपमा रुपान्तरित भइरहँदा नेपालले डिजिटल संलग्नता, गुणस्तरीय पर्यटन, दिगो अभ्यासहरू र उदयमान स्रोत बजारहरूलाई राष्ट्रिय प्राथमिकतासँग रणनीतिकरूपमा जोडेर अगाडि बढाउन जरुरी रहेको आवश्यकता औँल्याए । उनले हालसम्म नेपालको पर्यटनलाई जीवन्त बनाउने सबैप्रति आभार प्रकट गर्दै साझेदारीका साथ अघि बढ्न पनि अनुरोध गरे ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले यही बोर्डको अनुभव र सिकाइमा आधारमा मन्त्रीको भूमिका निर्वाह गर्न आइपुगेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता प्रकट गरे । उनले अहिले आफू फरक भूमिकामा रहेपनि पछि पुनःपर्यटन क्षेत्रमै जोडिएर काम गर्ने प्रतिबद्धता पनि जनाए । उनलाई आजै नेपाल पर्यटनन बोर्डले सम्मान गरेको थियो ।
FACEBOOK COMMENTS