काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पुर्व नेताहरु, थारुहट र थारुवान अभियन्ताहरुसँग आज एकता गर्दै छ ।
प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आज दिउसो १ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेर एकता गर्ने भएको हो ।
रास्वपाले यसअघि काठमाडौँ महानगरक मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच एकताको घोषणा गरिसकेको छ ।
FACEBOOK COMMENTS