काठमाडौं । अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ ९एग्रीमेक इन्टरनेसनल एक्सपो २०२६० लाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल कृषि मेसिनरी व्यवसायी संघ र राइजिङ नेपाल प्रा।लि।बीच सम्झौता भएको छ।
सम्झौतापत्रमा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्मा र राइजिङ नेपाल प्रालि काप्रबन्ध निर्देशक पशुपति केसीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा संघकी उपाध्यक्ष सुनिता नेमाफुकी, सचिव श्रीकृष्ण अधिकारी तथा राइजिङ नेपाल प्रालिका आईटी निर्देशक भुवन भट्टराईको समेत उपस्थिति थियो।
सम्झौताअनुसार नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा तथा बागमती प्रदेश सरकार, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सह–आयोजनामा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आयोजना हुँदैछ। प्रदर्शनीको मुख्य प्रायोजन क्प्त् नेपाल प्रा।लि।ले गर्नेछ।
प्रदर्शनी आगामी २०८३ मंसिर ४ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हल, प्रदर्शनीमार्गमा तीन दिन सञ्चालन हुनेछ।

कृषि क्षेत्रमा आधुनिक प्रविधि, कृषि मेसिनरी तथा यान्त्रीकरणको प्रयोगलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि मेसिनरी, उपकरण, प्रविधि तथा सेवासँग सम्बन्धित व्यवसायी र सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् भने ५० हजारभन्दा बढी कृषक तथा सरोकारवालाले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

सम्झौताले एग्रीमेक इन्टरनेसनल एक्सपो २०२६ को तयारी तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै नेपालको कृषि यान्त्रीकरण क्षेत्रमा प्रविधि हस्तान्तरण, व्यावसायिक सहकार्य तथा नयाँ प्रविधिको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ।