काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कूल उम्मेदवारमध्ये तीन हजार ८९ जना पुरुष, ३९६ महिला र एक जना अन्य रहेका छन् । प्रारम्भिक सूचीमा सामान्य परिवर्तन हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
हिजो मंगलबार देशभर एकैपटक भएको मनोनयन पत्र दर्ता गरिएको हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार आज दाबी विरोधमा उजुरी दिने सकिने छ । उक्त कार्यका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरिएको छ ।
सबै प्रक्रिया पूरा गरी भोलि साँझ ७ बजेसम्ममा उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने तयारी आयोगको छ ।

यस्तै, आगामी शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी छ ।

FACEBOOK COMMENTS