काठमाडौँ । यूनाइटेड फोरम अफ बैंक युनियन्सले पाँच दिनको कार्य हप्ताको माग गर्दै राष्ट्रव्यापी हडताल आह्वान गरेपछि भारतकाका सार्वजनिक क्षेत्रका बैंकहरूको सञ्चालन प्रभावित भएको छ ।
मिडिया रिपोर्टका अनुसार यूनाइटेड फोरम अफ बैंक युनियन्स बैंक अधिकारी र कर्मचारीहरूको प्रतिनिधित्व गर्ने नौ युनियनहरूको संयुक्त मञ्च हो ।
जनवरी २३ मा मुख्य श्रम आयुक्तसँग भएको मेलमिलाप बैठक निष्कर्षविहीन रहेपछि हडताल आह्वान गरिएको थियो । अखिल भारतीय बैंक कर्मचारी संघका महासचिव सीएच वेंकटचलमलेआफ्ना मागहरूमा सहमति नजनाएको र कुनै सकारात्मक परिणाम प्राप्त नाभ्येपाची हडतालमा जान बाध्य भएको बताएका छन् । बैंक कर्मचारी र अधिकारीहरू आफुहरुमाथि भेदभाव भइरहेको भन्दै आन्दोलनमा उत्रिएको बताइएको छ ।
हडतालका कारण, देशभरका अधिकांश सार्वजनिक क्षेत्रका बैंकहरूका शाखाहरू पूर्ण रूपमा बन्द वा आंशिक रूपमा खुला रहेको बताइएको छ ।
उनीहरुका मुख्य माग बैंकहरूमा पाँच दिनको कार्य हप्ता लागू गर्नु हो, जसको अर्थ शनिबार र आइतबार दुवै बन्द हुनुपर्छ ।
FACEBOOK COMMENTS