जनकपुर । प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप सुदृढ गरेको छ ।
बाबा अटोमाटा ट्रेडिङ प्रालि. द्वारा सञ्चालनमा ल्याइएको उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हो। शोरूमले ग्राहकहरूलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्नेछ।
शोरूमको औपचारिक उद्घाटन शुक्रबार बिहान ११:०० बजे एक विशेष समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू, उद्योग क्षेत्रका प्रतिनिधिहरू तथा स्थानीय ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, क्षेत्रका अग्रणी इन्जिनियर तथा आर्किटेक्टहरूको सहभागिताले गुणस्तरीय पूर्वाधार तथा निर्माण विकासप्रति बढ्दो प्रतिबद्धता झल्काएको थियो।
उद्घाटन समारोह कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालद्वारा रिबन काटेर सम्पन्न गरिएको थियो। कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२५ सुश्री उरुषा भण्डारी तथा मिस नेपाल कोसमो २०२५ सुश्री दीपशिखा नेपालको उपस्थितिले समारोहलाई थप गरिमा प्रदान गरेको थियो।


समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले क्षेत्रीय ग्राहक तथा व्यावसायिक साझेदारहरूको निरन्तर विश्वासप्रति आभार व्यक्त गर्दै कजारियाको स्थानीय विकासमा योगदानबारे प्रकाश पारे। उनले भने, ‘कजारिया जस्ता प्रतिष्ठित ब्रान्डहरूको जनकपुरजस्ता प्रमुख शहरमा विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सकारात्मक गतिशीलताको संकेत हो। यस्ता पहलहरूले उपभोक्ताहरूलाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा पहुँच प्रदान गर्नुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँछन्।’

जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरू आकर्षक र व्यवस्थित रूपमा प्रदर्शित गरिएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोगका लागि उपयुक्त विविध डिजाइन तथा शैलीहरू आधुनिक र ग्राहक–मैत्री वातावरणमा अवलोकन गर्न सक्नेछन्।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ। अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०८१२० से.मी., ६०८६० से.मी., १९.५८१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०८४०से.मी.) तथा सेरामिक वाल टायल (३०८६० से.मी., ३०८४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।
FACEBOOK COMMENTS