काठमाडौं । वीरगञ्जमा कफ्र्यू हटाएर निषेधाज्ञा लगाइएको छ । समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमश: सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कफ्र्यू हटाइ निषेधाज्ञा जारी गरेको हो ।
पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै पर्सा प्रशासनले बिहान ९: ४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कफ्र्यू लगाएको थियो ।


FACEBOOK COMMENTS